धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।

काठमाडौं युनिभर्सिटी (केयु) का चान्सलर डा. भोला थापा र बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले एक कार्यक्रमका बिच सो चार्जिङ स्टेसनको उद्घाटन गरे ।

इलेक्ट्रिक सवारी र नवीकरणीय उर्जा समाधानको ग्लोबल लिडर रहेको बीवाईडी तथा हरित प्रविधिप्रति प्रतिबद्ध र वातावरणीय सचेत अभ्यासहरुलाई बढावा दिइरहेको केयु बिचको सहकार्यलाई यसले एक कदम अगाडि बढाएको छ ।

सो अवसरमा लिउ स्वेलियाङले इलेक्ट्रिक मोबिलिटीको महत्व तथा अटोमोटिभ उद्योगमा क्रान्ति ल्याउनका लागि बीवाईडीले गरिरहेको कार्य वारेमा गेस्ट लेक्चर प्रदान गरे ।

उनले केयु र बीवाईडी जस्तै शैक्षिक संस्था र औद्योगिक नेतृत्वको सहकार्यमा जोड दिदै यसबाट क्लिन इनर्जी टेक्नोलोजीको क्षेत्रमा थप अनुसन्धान र नवप्रवर्तन गर्न सहयोग पुग्ने बताए ।

यसबाट विद्यार्थी र सम्बन्धित संकायले विश्वमै बढिरहेको इलेक्ट्रिक सवारीको मागको वारेमा जानकारी लिनुका साथै दिगो विकासका लागि युनिभर्सिटीले खेल्न सक्ने महत्वपूर्ण भूमिका वारेमा जानकारी प्राप्त गरे ।

केयु र बीवाईडी बिचको यो सहकार्यबाट विद्यार्थीहरुका लागि विशेष गरी इन्टर्नसिप र जव प्लेसमेन्टका लागि रोमाञ्चक अवसरको ढोका खुलेको बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ ।

युवा प्रतिभाहरुको विकास गर्ने बीवाईडीको प्रतिबद्धताले तीव्र रुपमा बढिरहेको इलेक्ट्रिक सवारी उद्योगको प्रत्यक्ष अनुभव गर्न केयुका विद्यार्थीहरुलाई सहयोग पुग्ने र यसबाट अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन र भविष्यमा क्लिन इनर्जीको क्षेत्रमा करियर निर्माण गर्न तयार गर्नेछ ।

BAW

यो सहकार्यले शैक्षिक र औद्योगिक सम्बन्ध बढाउनमा मात्र नभई दिगो विकासप्रति नेपालको दृष्टिकोणमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *