नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ ।
यो योजना निसान म्यागनाइट, निसान किक्स, निसान नभारा, निसान लिफ र निसान एक्स–ट्रेल लगायतका सबै निसान गाडीहरुमा लागु हुनेछ ।
नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीको भनाइ छ । यो योजना चाडपर्वको अवधिभर लागू हुनेछ ।
‘निसान फेस्टिभ डिल’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने छन्, जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा, निःशुल्क ३ बर्षको सडक कर, निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र १५ लाख रुपैयाँ सम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।
निसान म्यागनाइट – एक बिग, बोल्ड, ब्युटिफुल र ’कारिजम्याटिक’ एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन् ।
निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशत सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने छ ।
त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयूभी हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ ।
निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।
पायोनियर मोटोकर्पले सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान शोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरूको मज्जा लिन आह्वान गरेको छ ।