नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको दावी गरेको छ ।
बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० युनिट भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ ।
कम्पनीले केही दिन अघिबाट टाटा पन्च ईभीको प्रि–बुकिङ सुरु गरिसकेको थियो ।
यसका साथै टाटा ईभी नाडा अटो शो २०२४ मा टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरुले जोडीको लागि थाइल्यान्ड यात्रा गर्न पाउनुका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एसेसरिज समेत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ ।
सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती भन्छन्, ‘टाटा पन्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ ।
विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहना अनुसारको गाडीहरु ल्याउन सफल भएको छ र पन्च ईभीको समेत सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ ।
गत वर्ष नाडाबाटै बिक्री सुरु गरिएको टियागो ईभी नेपालको सर्बाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौ ।’
टाटा पन्च ईभी शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।