नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न ब्रान्डका २७ सवारी साधन बुकिङ भएको विज्ञप्तिमार्फत जानकारी प्रदान गरेको छ ।
सीजी मोटर्सको समेत सहभागिता रहेको नाडा अटो शो मा विभिन्न ब्रान्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखिएको छ।
सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अवतार ११ को ३ वटा, रिडारा आरडी६ को ५ वटा र एक्सपेङको ६ वटा बुकिङ प्राप्त भएको छ।
नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ प्राप्त भएको छ भने नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा ७ वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको बताइएको छ।
यसरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शो २०२४ को अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्रान्डमार्फत २०० वटा भन्दा धेरै बुकिङ हासिल गर्ने सफल हुने अनुमान रहेको बताएको छ ।