टाटा पन्च तीन भेरियन्टमा

नाडा अटो शोबाट टाटा मोटर्सको पछिल्लो ईभी पन्च बिक्री सुरू भएको छ । कम्पनीले ३३ लाख ९९ हजार रूपैयाँबाट बिक्री सुरु गरेको हो ।

कम्पनीले ल्याएको एस एमआर भेरियन्टको ३३ लाख ९९ हजार, एलआर भेरियन्टको ३६ लाख ९९ हजार र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार तोकेको हो ।

टाटाले डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’मा बनाएको पहिलो मोडल पन्चको पफर्मेन्स राम्रो छ ।

नेपाल आएको झण्डै एक महिना पुग्न लागेको कारको यसअघि मूल्य बाहिर आएको थिएन ।

अगाडि कनेक्टेड एलइडी डीआरएल, स्प्लीट हेडलाइट तथा मस्कुलर बडी सेपले गाडीको फस्ट लुक्स एकदमै आकर्षक देखिन्छ ।

नयाँ डिजाइनको टु स्पोक फ्ल्याट बटम स्पोर्टी स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्क्रीन तथा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका साथै लेदरेट सिट कभरले यसको फस्ट इम्प्रेसन नै प्रिमियम देखिन्छ ।

टाटाले पन्च ईभीमा भेन्टिलेटेड सिट दिएको छ । ३६० डिग्री क्यामेरा र सेन्टर कन्सोलमा दिएको रोटरी गियर सेलेक्टर यसको अर्को उत्कृष्ट फिचर हो । इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड प्रयोग गर्न एकदमै सहज छ ।

माइक्रो एसयूभी सेग्मेन्ट पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्रीमा बने पनि सनरुफ दिइएको कारण उत्कृष्ट लाग्छ । अझ भ्वाइस कमाण्डबाटै सनरुफ खोल्न र बन्द गर्न सकिन्छ ।

यसको पछाडि पनि ठूलो स्थान छ । आर्मरेष्ट सहितको सिट छ भने, रियर एसी भेन्ट छैन ।

तर, अगाडिकै ब्लोअरले पछाडिसम्म चिसो बनाउन सक्ने रहेछ ।

पन्च ईभीमा १६ इन्चको ह्वील, १९० एमएमको ग्राउण्ड क्लियरेन्स तथा ठूलो एसयूभीहरूको जस्तै ९० किलोवाटको मोटर छ ।

इको मोडमै चलाउँदा पनि ओभरटेक गर्न एकदमै कन्फिडेन्ट आउँदो रहेछ । बढी पावर चाहिएमा स्पोर्ट्स मोड छँदैछ ।

पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *