जिकर एक्समा १० लाख छुट

सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्स नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले जिकर ब्राण्डको टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा लन्चसँगै एक्स मोडल प्रदर्शनी गरेको हो ।

कम्पनीले नाडा अटो शो भरी दुवै गाडीमा १० लाख रुपैयाँ छुटको अफर दिएको छ ।

कम्पनीले टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि यसको सुरुआति मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकेको थियो ।

त्यसैगरी फोर ह्वील ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ । यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण हो ।

रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । कम्पनीका अनुसार ४४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घन्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।

एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग, पानारोमिक शनरुफ, डबल एज्ड डिआरएल, क्लोज अफ ग्रिल यसमा पाउन सकिन्छ । यसमा जिकरको इन्टेलिजेन्ट बी-पीलरको प्रयोग भएको छ ।

त्यसको सहायताले गाडीमा प्रबेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमा देखाउने छ ।

यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रूमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यसको भित्र पाउन सकिन्छ ।

जिकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *