एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल आउने

नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटीले एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल आरक्यूआई स्पोर्टस् मोडललाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको हो ।

 आरक्यूआईमा ५ किलोवाट आवरको ब्याट्री प्याक र ७.५ किलोवाट क्षमतको मोटर जडान गरिएको छ ।

४ घन्टामा फुल चार्ज गर्न सकिने सो मोटरसाइकलले फुल चार्जमा १०० किलोमिर रेन्ज दिने दावी गरिएको छ ।

बाइकलाई १०० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

मोटरसाइकलमा पूर्णत एलईडी लाइट, डबल डिस्क ब्रेक, कि–लेस इन्ट्रि एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत फिचर उपलब्ध छ ।

सो नयाँ मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *