होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ५ लाखसम्मको नगद छुट र २ वर्षका लागि गाडीको इन्स्युरेन्स तथा ट्याक्स निशुल्क पाउनेछन् ।
साथै, पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुबिधा पनि निशुल्क पाइने कम्पनीले जनाएको छ ।
ग्राहकलाई सरल फाइनान्सको सुबिधा दिनका लागि कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।
यसका साथै निशुल्क एसेसोरिज र स्पट एक्सचेन्जको पनि सुबिधा उपलब्ध हुने जनाइएको छ ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई रोड साइड एसिस्टेन्सको साथै २ वर्ष अर्थात १ लाख किलोमिटरसम्मको वारेन्टि सेवा समेत प्रदान गर्नेछ ।
Post Views: 682
