जीहो सेल्स एन्ड एक्सचेन्ज कार्निभल शुक्रबारसम्म

नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सेल्स एन्ड एक्सचेन्ज कार्निभल प्रारम्भ गरेको छ । आज देखि प्रारम्भ भएको सो कार्निभल शुक्रबार सम्म चल्ने छ ।

नयाँ सवारी साधन किन्न वा पुरानोसँग नयाँ एक्सचेन्ज गर्नका लागि दसैं लगायतका चाडपर्वको अवसरमा ल्याइने आकर्षक अफर पर्खिने चलन धेरै नेपालीको छ ।

तर सहरमा कुलेस्ट स्कुटर उपलब्ध भएको समयमा त्यही समयमा पाइने आकर्षक अफर उपलब्ध गराएकाले अब पर्खिनु आवश्यक नभएको कम्पनीको भनाइ छ ।

कम्पनीले नेपाली बजारमा उपलब्ध जीहो एई६ प्लसमा यो अफर ल्याएको हो । यस अनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २० हजार रुपैयाँ छुट प्रदान गरिने जनाएको छ ।

त्यसैगरी आफ्नो कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग साट्न चाहनेले थप ३० हजार रुपैयाँ एक्सचेन्ज भ्यालु पाउने छन् ।

कार्निभलमा सहभागी भएर स्कुटर किन्ने एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको रुपमा दसैं सपिङ भौचरको रुपमा १५ हजार र एक जना अवलोकनकर्तालाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत कम्पनीको भनाइ छ ।

यी सबै कार्यका लागि अन द स्पट फाइनान्सिङ र अन द स्पट भ्यालुएसन गरिने छ ।

काठमाडौं उपत्यकाका नक्साल नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा सो कार्निभल हुनेछ ।

यस्तो छ जीहो एई६ प्लसको विशेषता

एई६ प्लस २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ ।

यसमा जीहो राइड एप्स, किलेस डिजाइन (एनएफसी कार्ड), एन्टी–थेफ्ट सिस्टम, हिल असिस्टेन्स, १८ फरक कलर स्ट्यान्स सहित क्रुज कन्ट्रोल समेत दिइएको छ ।

यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ ।

सो स्कुटरले ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो स्कुटरले फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, टप स्पिड ८० किलोमिटर प्रतिघण्टा, ह्विल पावर १६० एनएम रहेको छ ।

ड्युअल डिस्क थ्री पिस्टन क्यालिपर, सिंगल सस्पेन्सन रियर, फ्रन्टमा प्रिलोड एड्जस्टमेन्ट सहितको ड्युअल टेलिस्कोपिक सस्पेन्सन र ५ प्रतिशत रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ, जसको फलस्वरुप प्रयोगकर्ताले अधिकतम ७० देखि ९० किलोमिटर परचार्ज रेन्ज पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *