टाटा विङ्गरको धमाकेदार अफर

नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´नामक लाभदायक योजना ल्याएकाे छ ।

यस योजनाअन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधीको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर खरिद गर्न सकिनेछ।

मासिक रु. ६० हजार देखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्नेछन् ।

अत्यन्तै लाभदायक यो योजना यहि अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।

हरेक दृष्टिकोणबाट ग्राहकहरुलाई सुविधा मिल्ने यो योजनाले विङ्गर खरिदको लागि पर्खिबसेका ग्राहकहरुलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। साथै, योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रह समेत गरेको छ।

यसै क्रममा टाटा मोर्टसले हालै रि-लञ्च गरेको टाटा विङ्गर १३+D बीएस६ नयाँ मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामुलक रहेको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका प्यासेन्जर भेहिकल/ बसेस/ प्यानलका प्रडक्ट मेनेजर इन्द्रमणी पोख्रेलले प्रदुषणलाई नियन्त्रण गर्न अत्याधुनिक बीएस६ टेक्नोलोजी भएको यस गाडीमा १०० हर्ष पावर का साथै २०० न्यूटन मिटरको टर्क रहेको जानकारी गराए।

साथै भ्यान सेगमेन्टकै उत्कृष्ट प्रफर्मेन्स भएको नयाँ विङ्गरमा गाडी एक फाइदा अनेक रहेको समेत बताएका छन् ।

उनकाअनुसार अब मात्र २० प्रतिशतको कम डाउन पेमेन्टका साथै ६ वर्षे किस्तावन्दीको सुविधा सहित मात्र ६० हजार रुपैयाँदेखिको मासिक सरल किस्तामा टाटा विङ्गर खरीद गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *