नाडा अटो शोमा हिरो जुम स्कुटर जित्ने अवसर

अनुप कुमार बराल – कार्यवाहक संयोजक ,

नाडा अटो शो २०२४

दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२४ आयोजना गर्ने जानकारी दिएको छ । यस वर्षको टाइटल स्पोन्सर टाटा. ईभी हुने भएको छ ।

यस अनुसार टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४ आगामी अगस्ट २७ देखि सेप्टेम्बर १ अर्थात भाद्र ११ देखि १६ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ ।

टाटा. ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने नाडाले अपेक्षा गरेको छ ।

अतिरिक्त आकर्षणको रूपमा एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिद्वारा प्रायोजित गरिएको छ।

नाडा अटो शोको यस संस्करण एउटा प्रदर्शनी मात्र नभई नवीनता, लचीलापन र नेपाली अटोमोबाइल उद्योगको दिगो आत्माको उत्सव भएको र यसमा सबैलाई स्वागत गर्न तत्पर रहेको नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुप कुमार बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *