बर्दिवासमा फोटोन र सोकोनका कमर्सियल गाडीहरू

एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो दुई ब्रान्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीको न्यु शोरुमको भव्य उदघाटन गरेको छ।

होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको सो अत्याधुनिक सुविधासम्पन्न शोरुम आधिकारिक रूपमा सञ्चालनमा आएको हो।

फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टीएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ।

आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लु वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरिएन्टहरूमा उपलब्ध छन्।

डेडिकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरूले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन् र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्नेछन्।

नयाँ शोरुम एमएडब्लु वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको सङ्केत भएको कम्पनीको भनाइ छ ।

यसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ।

बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *