आगामी भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा विभिन्न नयाँ तथा पुराना कम्पनीहरु त्यहिबाट गाडी बुकिङ गर्ने र दशैंको आसपास गाडी बिक्री थाल्ने योजनामा छन् ।
कुनै मोडल भने नाडापछि मात्रै बजारमा आउने बुझिएको छ ।
बजारमा साना कार किनेर इन्ट्री गर्न चाहनेहरु बढ्दै गएका छन् । चलाउन सजिलो, खर्च कम र आफ्नो सहरी यात्राको लागि उपयुक्त हुने भएसँगै साना मिनी कार र ह्याचव्याक कारको बिक्री पनि बढ्दै गएको छ ।
विद्युतीय कारको बजार बढेसँगै साना–ठूला सबै किसिमका कारको आयात बढ्दै गएको छ । अहिले नेपालमा १७ लाखदेखि ४ करोड मूल्यसम्मको इभी कार आइसकेको छ ।
बजारमा माग बढेसँगै नयाँ विद्युतीय गाडी ल्याउन कसिएका ब्यवसायीक फर्महरुले आगामी नाडा अटो शो २०२४ मा देखाउने गरी साना ह्याचव्याक कारहरु ल्याउन लागेका छन् ।
यस्ता कारको मूल्य २० लाखदेखि २७ लाख भित्रै रहने आयातकर्ताहरुको भनाइ छ ।