रेनोको नयाँ डासिया डस्टर – क्र्यास टेष्टमा ३ स्टार रेटिङ

फ्रेन्च अटो निर्माता रेनोले ल्याएको नयाँ डासिया डस्टर सुरक्षाको मामलमा निकै कमजोर देखिएको छ ।

यूरो एनक्यापले भर्खरै गरेको क्र्यास टेष्टमा यो नयाँ क्रसओभरले जम्मा ३ स्टार रेटिङ पाएको हो ।

नयाँ डस्टरले एडल्ड अकुपेन्ट प्रोटेक्सनमा ७० प्रतिशत र चाइल्ड अकुपेन्टका लागि ८४ प्रतिशत स्कोर पाएको छ ।

डस्टरले सुरक्षा सहायता प्रणालीका लागि ५७ प्रतिशत तथा जोखिममा रहेका सडक प्रयोगकर्ताहरूका लागि ६० प्रतिशत स्कोर सुरक्षित गरेको छ ।

नयाँ पुस्ताको डासिया डस्टर भारतीय बजारमा समेत लन्च हुने तय भइसकेको छ । यो नयाँ एसयूभी २०२५ मा रेनो ब्याज सहित भारतमा आउने जनाइएको छ ।

हाल परीक्षण गरिएको मोडल यूरो–स्पेक लेफ्ट ह्यान्ड ड्राइभ संस्करणको हो । भारतमा उत्पादन हुने डस्टर फिचरको मामलमा धेरै फरक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *