नेपालमा पछिल्लो समय बाइकर्स नेपालले नयाँ स्कुटर सिएक्स १५० लाई नेपालमै एसेम्वल गरी बिक्री सुरु गरेको हो ।
बाइकर्स नेपालले विगत लामो समयदेखी क्रस एक्स ब्राण्डमा विभिन्न मोडलका डर्ट बाइक एसेम्वल गरी बिक्री गर्दै आइरहेको छ ।
कम्पनीले ट्विन एलईडी प्रोजेक्टर हेडल्याम्प सहित यूनिक डिजाइनमा सिएक्स १५० लाई तयार पारेको छ ।
यसमा गोलाकार एलइडी डिआरएलएस, हेडल्याम्प सेटअपको माथि सामान राख्न मिल्ने क्यारियर होल्डर, एलइडी इन्डिकेटर, ब्ल्याक्ड आउट भाइजर, क्र्यास गार्ड र ह्यान्ड ब्लकर लगायत फिचर पाउन सकिन्छ ।
यो नयाँ स्कुटरमा १४९.६ सिसी क्षमताको एयर कुल्ड र बिएस६ इन्जिन जडान गरिएको छ ।
जसले १५.२ पिएस पावर र ११.२ एनएम टर्क जेनेरेट गर्दछ ।
स्कुटरको टप स्पिड ११५ किलोमिटर दावी गरिएएको छ भने यसले एक लिटर पेट्रोलको खपतमा ३५ किलोमिटर माइलेज दिन्छ ।
दुबै चक्कामा डिस्क ब्रेक राखिएको यो स्कुटरमा यूएसवी चार्जिङ पोर्ट, एलोई ह्विल्स र एल्मुनियम स्विंग आर्म लगायत विशेषता दिइएको छ ।
एउटामात्रै भेरिएन्टमा उपलब्ध यसको मूल्य ३ लाख ७५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।