अग्नी ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना सुरु गरेको छ ।
कम्पनीले ल्याएको स्कीम डेन्ट पेन्ट र बाहिरी श्रममा भने लागु हुने जनाएको छ ।
कम्पनीले ल्याएको स्कीमको लाभ पाउन ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गरेको हुनु पर्नेछ ।
बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले स्कीमको बारेमा बताउँदै भने, ‘ग्राहकमैत्री स्कीम हाम्रो प्राथमिकतामा रहँदै आएको छ ।
विगतमा पनि हामीले यस किसिमका अफर दिएका थियौ । अहिले पनि यो स्कीम त्यसकै निरन्तरता हो ।’
कम्पनीले उक्त योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागु गरिएको छ ।
साथै, अग्नी ग्रुपको सहायक कम्पनी अग्नी आस्था प्रालिले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ ।
यस योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिग, अग्नी हायर पर्चेज मार्फत सरल फाइनान्स सुविधा पनि ग्राहकले पाउने छन् ।