सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथि उकास्न आवश्यक

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नेपाल राष्ट्र बैंकका गर्भनरसंग छलफल गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग भेट गरेको हो, भेटमा अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल भएको छ ।

छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथि उकास्न आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गर्दै खासगरी ऋण र मूल्य अनुपातमा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत पु¥याउन आग्रह गर्दै यस्तो व्यवस्था भएमा मात्र अटोमोवाइल व्यवसाय गतिशील हुने भएकाले यसलाई आउदो मौद्रीक नीतिबाटै सम्बोधन गर्न आग्रह गरेका छन् ।

उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्न , पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक सवारी साधनलाई छट्याउनुपर्ने, कालो सुचिमा परेका व्यक्ति वा कम्पनीमाथिको कारवाही फितलो भइरहेकाले यस सम्बन्धी नियमलाई प्रभावकारी बनाउन आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतिय मालवाहक ट्रक नेपालबाट फर्किदा सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनको बिक्रिमा ठूलो असर परिरहेको हुदा नेपालमा अटोमोवाइल कम्पोनेण्ट उद्योगको प्रशस्त सम्भावना रहेकाले यस्ता उद्योगहरु खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताउँछन् ।

महासचिव उप्रेतीले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाकोतर्फबाट ६ बुँदे लिखित सुझावहरु समेत प्रस्तुत गरेका छन् ।

नाडाबाट प्रस्तुत सुझावका विषयमा प्रतिक्रिया दिदै गभर्नर अधिकारीले अटोमोवाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोवाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताए ।

अटोमोवाइल मार्केट कसरी चलिरहेको छ, त्यसतर्फ विचार गर्नुपर्ने भन्दै व्यवसायलाई ठाउँमा ल्याउन नेपाल राष्ट्र बैंकले प्रयास गरिरहेको गनर्भर अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *