इम्बोस्ड नम्बर प्लेट परीक्षणका लागि गेटहरू निर्माण भएन

आपूर्तिकर्तासँग विभागले गरेको सम्झौतामा इम्बोस्ड सवारी अनुगमनका लागि १० आरएफआइडी द्वार (गेट) हरू निर्माण गर्ने र सय थान ‘ह्यान्डहेल्ड आरएफआइडी रिडर’ जस्ता पूर्वाधार निर्माण गर्ने उल्लेख थियो ।

कम्पनीले हालसम्म चार लाख १२ हजार ३१८ इम्बोस्ड नम्बर प्लेट आपूर्ति गरिसक्दा त्यसको परीक्षणका लागि गेटहरू निर्माण गरेको छैन ।

इम्बोस्ड नम्बर प्लेटहरू जडान गरे पनि पर्याप्त परीक्षण गेट नहुँदा त्यसको नियन्त्रण प्रणाली कमजोर हुन गएको छ ।

सम्झौतामा १० गेट निर्माण गर्ने भनिएकामा हालसम्म दुईवटा मात्र बनाइएको छ । सम्बद्ध अधिकारीका अनुसार इम्बोस्ड प्लेटका सवारी परीक्षणका लागि देशभर हजारौँ आरएफआइडी गेट आवश्यक हुन्छ ।

तर, सम्झौताकै आशंकाका रूपमा रहेका यस्ता गेट बनेका छैनन् ।

काठमाडौंमा दुईवटा गेट बनाइएको छ भने बाराको पथलैयामा अर्को गेट बन्ने क्रममा छ ।

सम्झौतामा आपूर्तिकर्ता कम्पनीले इम्बोस्ड नम्बर प्लेट परीक्षणका लागि सय ‘ह्यान्डहेल्ड आरएफआइडी रिडर’हरू दिने उल्लेख थियो ।

सम्झौता बमोजिम कम्पनीले विभागलाई ती रिडर दिएको त छ, तर चलाइएको छैन ।

यी रिडर एक–एक सवारीसाधन परीक्षण गर्ने प्रयोजनका हुन् । रिडर ट्राफिक प्रहरीले चलाउने भए पनि प्रयोगमा देखिएका छैनन् ।

विभागले केही थान परीक्षणका लागि ट्राफिकलाई दिए पनि त्यसको उपयोग भएको छैन ।

सम्झौता बमोजिम सर्त पालना र काम नगरेको आपूर्तिकर्ता कम्पनीले भुक्तानीका लागि भने दबाब दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *