नेपालमा क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले ल्याएको इलेक्ट्रिक स्कुटर ग्यारोको एक कार्यक्रममा कम्पनीले स्कुटरको मूल्य र रेन्ज सार्बजनिक गरेको हो ।
सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार पर्ने कम्पनीले जनाएको छ ।
स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको स्कुटरको पिक पावर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम छ ।
स्कुटरले १८ डिग्रीको उकालो समेत सहजै पार गर्न सक्छ । कम्पनीका अनुसार ग्यारो नेपाली बजारमा सर्बाधिक रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो ।
स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ, साथै यसको अगाडी हाइड्रोलिक र पछाडी डुअल शक एब्जर्बर सस्पेन्सन जडान गरिएको छ ।
यसलाई ६ देखी ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसमा एलसीडी डिस्प्ले, एलइएडी लाइट र रिजेनेरिटभि ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कुटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ ।
जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ ।
मोड अनुसार यसको टप स्पिड समेत फरक छ ।
इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिन्छ ।