यामाहा महाएक्सचेन्ज मेलामा निःशुल्क बाइक चेक–अप

काठमाडौंको भृकुटीमण्डपमा २९ गतेसम्म जारी यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन् ।

यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डोर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ ।

थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ ।

यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरन्जनले भरिपुर्ण रहनेछ, जहाँ प्रख्यात नेपाली गायक गायिकाहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ ।

मेलामा सहभागीले बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन् ।

काठमाडौंको भृकुटीमण्डपमा २९ गतेसम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *