यामाहा महाएक्सचेन्ज मेलामा छैन रौंनक

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट – यामाहा महाएक्सचेन्ज मेला २०८१ सुरु गरेको छ ।

विगत २ दिनदेखी संचालित ग्राहकहरुको उपस्थिती निकैं कम रहेको थियो ।

प्रख्यात कलाकारहरु ल्याएर सांगितिक माहोल बनाईदा समेत भिड नभएपछि डिलरहरु चिन्तित देखिन्थे ।

यस मेलामा कम्पनीले ग्राहकहरु लक्षित विशेष छुट वा थप स्किम नल्याउँदा भिडभाड नभएको बताउँछन् ।

यहाँ भन्दा शोरुममा नैं राम्रो छुट पाएपछि यतातिर ग्राहकहरुले खासैं रुचि नराखेको सहभागी डिलर बताउँछन् ।

कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार काठमाडौंको भृकुटीमण्डपमा भएको हो ।

२९ गतेसम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *