आजभन्दा करिब २७ बर्ष अघि चीनमा स्थापना भएको विश्व विख्यात ब्राण्ड लुयानका इलेक्ट्रिक स्कुटरहरुको नेपालमा पनि निक्कै माग बढिरहेको छ ।
गुणस्तरीय उत्पादन, लामो रेन्ज, शक्तिशालि तान्ने क्षमता हुँदा हुँदै पनि अन्य प्रतिष्पर्धि ब्राण्ड भन्दा निक्कैं कम मुल्यमा पाइने भएर पनि यसको माग ह्वात्तै बढेको देखिन्छ ।
प्रायः इलेक्ट्रिक स्कुटरका मोटरहरु बाहिरी हावाले मात्र चिसिने मोटर हुने हुँदा तान्ने क्षमता चित्त बुझ्दो हुँदैन ।
तर लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर भएको हुनाले अत्यन्तै उकालो बाटोमा पनि सजिलै तान्न सक्छ ।
काठमाण्डौंको स्वयम्भु नजिकैको सेतो गुम्बा जाने बाटोलाई उपत्यकाको निक्कै उकालो बाटो भनेर चिनिन्छ ।
जहाँ राम्रो कण्डिसनमा छैन भने पेट्रोलबाट चल्ने स्कुटरलाई पनि उकालो चढ्न धांै – धौं हुन्छ । तर त्यो उकालो बाटोमा पनि दुइजना यात्रुहरुलाई लुयानका स्कुटरले सजिलै तान्न सक्छ । जसलाई कम्पनीले भिडियो खिचेर युट्युबमा पनि अपलोड गरेको छ ।
साथै लुयानको MNK-3 मोडेलको स्कुटरमा रनफ्याट टायर भएको हुनाले यदि टायर पञ्चर भै नै हाल्यो वा हावा कत्ति पनि नभए पनि करिब ५० किलोमिटरसम्म चलाउन सकिन्छ । त्यसरी चलाउँदा पनि रिम अथवा टायरमा कुनै असर पर्दैन ।
यसको मोटर र व्याट्रीमा IP67 water resistance भएको हुनाले पनि लुयानका स्कुटरहरुलाई जस्तोसुकंै बर्षामा पनि चलाउन मिल्छ ।
लुयानका विभिन्न मोडेलहरु मध्ये सबैभन्दा बढी बिक्री हुने मोडेल चाहिँ MNK-3 हो । यसमा २८०० वाटको लिक्विड कुल्ड मोटरको प्रयोग भएको छ भने ७२ भोल्ट, ३५ एएचको व्याट्री प्रयोग भएको छ ।
जसका कारण यसले एक पटकको फुलचार्जमा करिब १२० किलोमिटरसम्मको स्ट्याण्डर्ड रेन्ज दिने कम्पनीले जनाएको छ ।
काठमाण्डौंको बाटोमा ग्राहकहरुले यो स्कुटरमा करिब ९० देखि १०० किलोमिटरसम्मको रेन्ज पाएका छन् ।
रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएको हुनाले यसलाई ओरालोमा चलाउँदा आफैं व्याट्री चार्ज हुन्छ ।
mnk3 range – 1
साथै IP67 water resistance लगायतका अत्याधुनिक फिचरहरु लुयानका स्कुटरहरुमा पाउन सकिन्छ ।
यदि तपाईसँग nfc भएको मोवाइल छ भने चाबी बिना तपाईको मोवाइलबाट नै यसलाई अन अथवा अफ गर्न सक्नु हुनेछ ।
यति हुँदा हुँदै पनि यसको शुरुवाती मुल्य जम्मा १,८७,२०० मात्र छ । बजारमा यस्तै पावर र प्याक भएको स्कुटरको तुलनामा यो निक्कै कम मुल्य हो ।
MNK-3 मा ग्राफिनी व्याट्री मात्र नभएर लिथियम आयोन व्याट्री पनि हाल्न मिल्छ । त्यसरी लिथियम आयोन व्याट्री हालेर लिँदा यसको मुल्य २,५०,२०० पर्न जाने कम्पनीले जनाएको छ ।
अर्को रोचक कुरा, अहिले तपाइले यो स्कुटरमा गा्राफिनी बेट्री हालेर लिनुभएको भए पनि पछि व्याट्री चेन्ज गर्ने बेलामा लिथियम आयोन बेट्री हाल्न पनि सक्नु हुनेछ ।
अझै महत्वपुर्ण कुरा त के भने काठमाण्डौंमा लुयानले ९ ठाउँमा सर्भिस सेन्टरहरु सन्चालनमा ल्याएको छ ।
यो सँख्या भनेको काठमाण्डौंमा रहेका अन्य इलेक्ट्रिक स्कुटरको दाँजोमा सबैभन्दा धेरै हो ।
कम्पनीले बिक्रि पछिको सेवालाई नै सबैभन्दा बढी महत्व दिएको जनाएको छ । जसका कारण स्कुटर दोहोर्याएर किन्ने ग्राहक धेरै छन् लुयानका ।
नेपालमा लुयानको आधिकारिक वितरकको रुपमाजीरो इमिसन राइड एन रहेको छ ।
यसको मुख्य शोरुम नागपोखरीमार्ग, काठमाण्डौंमा रहेको छ ।