नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गए राति देखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
निगमले डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।
यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य एक सय ५८ र तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ५९ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धन (आन्तरिक तर्फ) प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।