२०७४ मा स्थापना भएको जी मोटर्सले नाडाबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने छ ।
गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।
विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो ।
स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
उच्च प्रविधियुक्त र नेपालमा उपलब्धईभी सवारी मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी5 भित्र्याएको हो। स्काइवेल ईटी 5 ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ।
स्काइवेल ईटी5 मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।
त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
स्काइवेल ईटी5 विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्टकनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।
यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ ।
स्वाइवेल ईटी 5 मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।
स्काईवेल ईटि५ को नेपाली बजार मुल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ ।