Skip to content
महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्सले समर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
बैशाख १२ देखी सुरु हुने उक्त क्याम्प १४ गतेसम्म चल्नेछ ।
कुपन्डोलस्थित सर्भिस सेन्टरमा संचालन हुने उक्त क्याम्पमा ग्राहकले विभिन्न छुट र गिफ्ट ह्याम्प पाउने कम्पनी स्रोतको भनाई छ ।
उक्त क्याम्पमा महिन्द्रा गाडीको सर्भिसिङ गराउँदा ग्राहकले १० देखी ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।
साथै, लुब्रिकेन्ट्समा १० प्रतिशत, ह्विल अलाइन्मेन्टमा २५ प्रतिशत, इन्टेरियर वासिङमा २० प्रतिशत र एसी चार्जिङमा १५ प्रतिशत छुट पाइनेछ ।
क्याम्पमा गाडीको डाइग्नसिस निशुल्क गरिएको छ भने सहभागीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था मिलाइएको छ ।
Post Views: 231