आकर्षक बोनस र बिशेष छुट सुविधा

कैलाश बाबु गेलाल – प्रबन्ध निर्देशक 

 

चिनियाँ ईभी निमार्ता स्काइवेलले उत्पादन गरेको ईटी–५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।

यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । कारको मूल्य १ करोड ९ लाख रुपैँया निर्धारण गरिएको छ ।

यो एसयूभीलाई एकपटक फुल चार्ज गरेपछि ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यति धेरै रेन्ज दिने ईलक्ट्रिक कार नेपाली बजारका लागी पहिलो रहेको कम्प्नी भनाई छ ।

जर्मनि, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा विक्री हुँदै आएको ईटी–५ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो ।

यसमा इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ र इन्टेलिजेन्ट सेक्यूरिटी लगायत फिचर पाउन सकिन्छ ।

प्योर ईभी प्लेटफर्मममा बनेको यो नयाँ ईभीलाई १६० प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

कारमा प्यानारोमिक सनरुफसहित एक्सक्लुसिभ पेन्टेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाई लगायत सुबिधा पाउन सकिन्छ ।

आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै एक बर्षको निःशुल्क विमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा वैशाख महिना भरी प्रदान गरिने प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *