यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, एकान्तकुना र सुजुकी ड्राइभिङ स्कुलबीच प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने दुई र चारपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी ३ कात्तिक ०७३ मा सम्झौता भएको थियो ।
यो ड्राइभिङ सेन्टरमा दुई र चारपांग्रे सवारीको तोकिएको लेआउटको क्रम नमिलेको, केन्द्रबिन्दु रुख/पोल भएकाले ‘फिगर ड/युटर्न टेस्ट’को यकिन नापजाँच गर्न नसकिएको, दुईपांग्रे सवारीसाधनको बम्पी टेस्टअन्तर्गत पिसिसी प्ल्याटफर्म नभएको लगायत समस्या प्रतिवेदनमा उल्लेख छ ।
दुई तथा चारपांग्रे सवारीसाधनको ट्राफिक सिग्नल टेस्ट निर्देशिकामा तोकिए बमोजिम भएको नपाइएको पनि छानबिन समितिले औँल्याएको छ ।
मापदण्ड पालना नगर्ने अन्य ट्रायल सेन्टरहरूमा भक्तपुर राधेराधेको इजी वे ट्रायल सेन्टर, भक्तपुरकै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल, काठमाडौं गुर्जुधाराको भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर छन् ।
त्यस्तै, छानबिन समितिले दुईवटा निजी ट्रायल सेन्टरको पनि नापजाँच गरेको थियो ।
सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टर दुवैमा लेआउटको क्रम नमिलेको र ट्रायल सेन्टरको नापजाँच तोकिएबमोजिम भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ ।