एनवाईअफ विराटनगरको मोटर र्‍यालीमा स्काईवेल

एनवाईअफ विराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्‍यालीको मुख्य प्रायोजक स्काईवेलको लक्जरी एसयूभी ईटी ५ र आयातकर्ता जी मोटर्स प्रालिले संयुक्त रुपमा इटहरी सोल्टी वेस्टेन्डबाट सुरु भएको ३ दिने र्‍याली सम्पन्न गरेको छ।

र्‍यालीको मुख्य प्रायोजक स्काईवेलको नेपालमै पहिलो सबैभन्दा धेरै रेन्ज ६२० किलोमिटर दिने पहिलो लक्जरी एसयूभी ईटी ५ ले २० वटा अन्य अफरोडमा चलाइने जिप तथा पिकअपसँगै उक्त र्‍याली इटहरी, धरान, भेडेटार एवं तमोर करीडोर हुँदै फिदिम बजारबाट इलामको शाखेजुंग क्याम्पमा रात्रीकालीन बास बसी पुन: भोलिपल्ट इलाम फिक्कल, बिर्तामोड र दमकमा कार्यक्रमको समापन गरी पुन: इटहरीबाट विराटनगरमा सम्पन्न भएको छ।

कोशी प्रदेशका पर्यटनमन्त्री माननीय गणेश उप्रेतीले र्‍याली सम्पन्न गरे।

इलामको शाखेजुङ्ग समुद्र सतहबाट २५०० फिट भन्दामाथि रहेको मनोरम दृश्य सहितका ठूलो क्षेत्रफलमा रहेको टि-स्टेटहरुले घेरिएको स्थान हो, जुन इलाम बजारभन्दा ४० किलोमिटर टाढा रहेको अफरोड युक्त क्षेत्र पनि हो।

उक्त अफरोड मोटर र्‍यालीको उद्देश्य पूर्व क्षेत्रको पर्यटन वृद्धिमा सहयोग हुने साथै ईभी लक्जरी एसयूभी ईटी ५ ले जस्तोसुकै कठिन बाटोको पनि सहज यात्रा गर्न सकिने र पूर्ण यात्राको मज्जा लिन सकिने साथै एक सिङ्ल फुल चार्जमा ६२० किलोमिटरभन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्स का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।

‘हाम्रो मुख्य उद्देश्य भनेको ईभी एसयूभीले पनि कठिन बाटोमा पनि पूर्ण लक्जरिका साथ सबै परिवार ५ जना यात्रा गर्दै क्याम्पिङ्गका समाग्री सहित यात्रा गर्न सकिन्छ र यसमा हाम्रो सवारी अब्बल छ भन्ने कुरा आम ग्राहकलाई सन्देश दिनु नै रहेको छ। आगामी दिनहरुमा पनि हाम्रो प्रालिले यस्ता धेरै यात्रा सहज छन्, स्काईवेलको ईटी ५ मा भन्ने प्रमाणित नै गर्नेछौँ’ उनले भने।

प्रीमियम एसयूभी नेपालमा लन्च गर्नुअगावै ग्राहकहरुले जस्तोसुकै बाटो या त त्यो सामान्य सडक होस् वा एक्स्ट्रा अफरोड होस जहाँ पनि ढुक्कका साथ लान सक्नुहोस् भन्ने उद्देश्यका साथ यस र्‍यालीलाई प्रायोजन एवं सहभागिता जनाएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *