कर्णाली राजमार्ग स्तरोन्नति गर्न ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्ग स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले आवश्यक बजेट नछुट्याए सदन र सडक दुवैतिर आन्दोलन गर्ने चेतावनी दिए।

अनावश्यक प्रोजेक्ट बनाउन पछि नहट्ने सरकारले कर्णालीलाई बजेट दिन हिचकिचाएको भन्दै सांसद शाहीले अन्यथा कर्णाली नेपालमा पर्दैन भन्ने हिम्मत गर्न चेतावनी दिए।

उक्त सडकखण्डमा हालसम्म चार सय ३२ वटा सवारी दुर्घटनामा दुई सय ८७ जनाको ज्यान गएको उल्लेख गर्दै शाहीले मन्त्री र प्रधानमन्त्रीलाई एकपटक सडकमार्ग हुँदै कर्णाली जान आग्रह गरे।

‘अहिले पनि त्यो बाटोमा हिँड्न सकिँदैन। विश्वास लाग्दैन भने अहिलेका प्रधानमन्त्रीज्यूलाई त्यो बाटोमा एकपटक गुडाउन मन छ। जुम्लामा प्लेनमा जान पर्दैन।

रारा प्लेनमा नजानुस्, एकपटक सडकबाट गइदिनुस्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *