Skip to content
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु गरेको छ ।
जापानमा सो एसयुभी डब्लुआर–भी नामले लन्च भएको हो ।
कम्पनीका अनुसार होन्डाको इतिहासमा पहिलो पटक होन्डा कार इन्डिया लिमिटेडले भारतबाट जापानमा कार निर्यात थालेको हो ।
गत वर्ष सेप्टेम्बरमा ग्लोबल डेब्यु गरिएको मिडसाइज एसयूभी एलिभेट पहिलो पटक भारतीय बजारमा लन्च गरिएको थियो ।
एलिभेट १.५ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ । उक्त इन्जिनले ११९ बीएचपी र १४५ एनएम टर्क जेनेरेट गर्छ ।
यो एसयूभी ६ स्पिड म्यानुल र ७ स्पिड सिभिटी ट्रान्समिसनको बिकल्पमा उपलब्ध छ ।
कार निर्माता कम्पनीले पछिल्लो ६ महिनामा ३० हजारभन्दा बढी एलिभेट बिक्री गरिसकेको छ ।
जापान बाहेक होन्डाले नेपाल, भुटान र दक्षिण अफ्रिका लगायत देशमा टर्की, मेक्सिको र मध्य पूर्वमा निर्यात गर्दै आएको छ ।
Post Views: 394