तनहुँ र चितवन जोड्ने पक्की पुल निर्माण

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही शनिबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए ।

वि. संं. २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *