बीवाईडी – विश्वकै पहिलो कार निर्माता

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी बीवाईडी ७० लाख न्यु इ्नर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कार निर्माता कम्पनी बनेको छ ।

कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन-७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि यो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ ।

बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको सो अपडेटेड भर्सन आगामी अप्रिल १ मा लन्च गरिने समेत वेबो पोस्टमा जनाइएको छ ।

बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो ।

अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।

बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यस पछिको १८ महिनामै तीनगुणा पु¥याएको थियो ।

त्यस पछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो ।

२०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख र अहिले ७० लाख सवारी साधन उत्पादन भएको हो ।

डेन्जा २०११ को फेब्रुअरीमा बीवाईडी र डेम्लरको संयुक्त लगानीमा स्थापित कम्पनी हो ।

पहिले ५० प्रतिशत मात्र स्वामित्व रहेकोमा हाल यसमा बीवाईडीको ९० प्रतिशत स्वामित्व छ ।

सन् २०२३ जुलाई ३ मा डेन्जा एन-७ पहिलो पटक लन्च भएको थियो र यसलाई टेस्ला मोडल वाईको प्रतिस्पर्धी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *