Skip to content
स्कोडा अटोले इन्ट्री लेभलको इलेक्ट्रिक कार, अहिलेसम्मकै सबैभन्दा सानो र सस्तो कार एपिक कन्सेप्ट मोडल ल्याएको छ ।
कम्पनीले यसलाई २०२५ सम्ममा विश्व बजारमा लन्च गर्ने छ ।
कम्पनीका अनुसार नयाँ इलेक्ट्रिक कारको मूल्य २५ हजार युरो हुनेछ ।
कम्पनीका अनुसार स्कोडाले यसमा २ ब्याट्री प्याकको विकल्प प्रदान गर्न सक्छ ।
यसमा ३८ किलोवाट र ५६ किलोवाट ब्याट्री प्याक युनिट हुन सक्छ । सो कारले फुल चार्ज गरेपछि ४०० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।
सो इलेक्ट्रिक कार एमईबी प्लेटफर्ममा आधारित हुनेछ ।
एपिक ईभीको फ्रन्टमा स्कोडा वर्डमार्कको साथै स्कलप्ड बोनट र एलईडी लाइटिङ एलिमेन्ट दिइएको छ ।
यसको रियरमा टी आकारको एलईडी टेललाइट तथा टेलगेटमा स्कोडाको डार्क क्रोम ब्याजिङ दिइएको छ ।
स्कोडा एपिकको लम्बाइ करिब ४.१ मिटर र ह्विलबेस २६०० एमएम छ ।
सो कारमा ४९५ एमएमको बुट स्पेस दिइएको छ । कारको क्याबिनमा ड्युअल टोन थिम दिइएको छ ।
यसमा टु स्पोक स्टेयरिङ ह्विल, ५.३ इन्चको ड्राइभर डिस्प्ले र १३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।
स्कोडाले यसको क्याबिनमा वायरलेस चार्जिङलगायत धेरै उपयोगी फिचर रहेको बताएको छ ।
यसले विश्व बजारमा फक्सवागन आईडी.२ इलेक्ट्रिक ह्याचब्याक र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ । यो कम्पनीको दोस्रो इलेक्ट्रिक कार हुनेछ ।
स्कोडाले २०२६ सम्ममा भारतीय बजारमा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्नेछ ।
Post Views: 466