नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले अशोक लेल्यान्डका १० वटा बस एकै पटक सगरमाथा यातायात प्रालिलाई बिक्री गरेको छ ।
झापाको बिर्तामोड– २ स्थित चारपानेमा रहेको सहारा अटोमोबाइल्स प्रालिबाट बिक्री गरिएका बसको चाबी सगरमाथा यातायात प्रालिका अध्यक्ष नवीन कोइरालालाई हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रम बिच आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिक र सहारा अटोमोबाइल्स प्रालिका अध्यक्ष महेन्द्रकुमार गिरीले संयुक्त रुपमा सगरमाथा प्रालिका अध्यक्ष कोइरालालाई चाबी हस्तान्तरण गरेका थिए ।
नयाँ फिचरमा उपलब्ध बस सगरमाथा प्रालिलाई प्रदान गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत पुराणिकले पछिल्लो समय धेरै कम्पनीका सवारी उपलब्ध भएपनि अशोक लेल्यान्डका सवारी विश्वासिलो, भरपर्दो र मजबुत रहेका कारण यातायात व्यवसायीको रोजाइमा पर्दै गएको बताए ।
केही समय अघिसम्म झापामा अशोक लेल्यान्डका सबै सवारी मर्मत र सर्भिसिङका लागि पर्याप्त सेवा उपलब्ध नभएको स्मरण गर्दै सहारा अटोमोबाइल्सका अध्यक्ष गिरीले अहिले सहारा अटोमोबाइल्स प्रालिबाट सबै सेवा उपलब्ध हुने भएकाले व्यवसायीले यो कम्पनीका गाडी खरिदमा रुचि देखाएको बताए ।
उनले अशोक लेल्यान्ड र आईएमईसँग सहकार्य गर्दै भावी दिनमा सहारा साकोसका सदस्यहरूसँग समेत सहकार्य गर्दै सवारी बिक्री गरिने बताए ।
आईएमई मोटर्सका एजीएम सुशील सुवेदीले स्वागत गरेको कार्यक्रममा सगरमाथा यातायात प्रालिका अध्यक्ष कोइराला, प्रबन्ध निर्देशक प्रविण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुक्रवहादुुर तामाङद्वारा सञ्चालित कार्यक्रम आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकको प्रमुख आतिथ्यता तथा सहारा अटोमोबाइल्स प्रालिका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको थियो ।
सो कार्यक्रममा चालक तथा सह चालकलाई मायाको चिनो स्वरुप कम्पनीको टिसर्ट वितरण गरिएको थियो ।
साथै कम्पनीबाट खरिद गरिएका तीन वटा ट्रकका चाबी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।
कोहिनुर ढुवानी सेवाका हेमराज अधिकारी, हाम्रो ढुवानी सेवाका पदम श्रेष्ठ र पूर्वेली ढुवानी सेवाका लय प्रसाद प्रसाईलाई ट्रकको चाबी हस्तान्तरण गरिएको थियो ।