महिन्द्रा उत्सव योजनाका भाग्यशाली विजेताहरु

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नी ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि “महिन्द्रा उत्सव २०२३”विशेष योजना लागु गरेको थियो ।

जस अन्तर्गत भाग्यशाली विजेताहरुलाई तीन निम्न बम्पर पुरस्कारहरु भाग्यशाली विजेताहरुलाई हस्तान्तरण गर्ने योजना ल्याएकोे थियो ।

१) महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे
२) जावा –फोर्र्टी टु (JAWA Forty-Two) मोटरसाइकलर
३) पाँच केभीए (5KVA) महिन्द्रा पावरोल जेनेरेटर

सोही महिन्द्रा ट्रयाक्टर उत्सव योजना अनुरुप ६ चैत्र २०८०, मंगलबारको दिन अग्नी ग्रुपले एक कार्यक्रम आयोजना गरी बम्पर लक्की ड्र मार्फत पुरस्कार विजेताको घोषणा गरेको छ।

उक्त कार्यक्रममा महिला राष्ट्रिय भलिबल खेलाडी (सशस्त्र प्रहरी बल, नेपालका सुश्री सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक  क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दिपक कुमार, अग्नी ग्रुपका उप निर्देशक बरदान बस्नेतका साथै स्थानियको उपस्थितिमा चैत्र ६ गतेका दिन विजेताहरुको नामावली सार्वजनिक गरेको छ ।

३ भाग्यशाली विजेताहरुका नाम ‘लक्की ड्र’ एक कार्यक्रम मार्फत हाल सशस्त्र प्रहरी बलमा आबद्ध हुनु भएको नेपालका ख्याति प्राप्त अन्तरराष्ट्रिय महिला भलिबल खेलाडी सुश्री सरस्वती चौधरीले लक्की ड्र मार्फत छनौट गर्नु भएको छ ।

जसमा वीरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे, बिर्तामोड निवासी मिसेक फयाकले जावा –फोर्र्टी टु मोटरसाइकल, चरिकोटबाट देवकोटा निर्माण सेवा प्रालीले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जित्नु भएको छ ।

यसका साथै,३ भाग्यशाली विजेताहरुलाई स्थानिय कार्यक्रम मार्फत उपहार प्रदान गरिने कुरा कम्पनीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *