सिप्रदीयन सहायता संस्थाले काभ्रे जिल्लाको साँगामा अवस्थित स्पाइनल इन्जोरी रिहेविटेसन सेन्टर(SIRC) मार्फत WHO मान्यता प्राप्त ४० वटा व्हीलचीयरहरु नि:शुल्क रुपमा सहयोग स्वरुप बिरामीहरुलाई हस्तान्तरण गरेको छ ।
स्पाइनल इन्जोरी रिहेविटेसन सेन्टर(SIRC) ले बिभिन्न कारण दुर्घटनामा परी कम्मर भन्दा तल्लो भाग पूर्ण रुपमा वा आम्षिक रुपमा नचल्ने भएको र व्हीलचीयरको साहरा लिनुपर्ने अवस्थाका बिरामीहरुलाई उनिहरुको आर्थिक अवस्था हेरिकन नि:शुल्क वा कम शुल्कमा उपचार गराउदै आएको छ।
यस हस्तान्तरण कार्यक्रममा सिप्रदीयन सहायता संस्थाको तर्फबाट कार्यसमिती सदस्य शारदा राना र हस्पिटलको तर्फबाट मेडिकल डाइरेक्टर डा. राजु ढकालको प्रत्यक्ष्य रोहवरमा बिरामीहरुलाई हस्तान्तरण गरिएको थियो।