सोकोन इलेक्ट्रिक भ्यान आउँदैं

MAW समूह नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह मध्ये एक हो, जसले Yamaha, JCB, Skoda, Jeep, Eicher, Changan, Fiat, Seres, Foton लगायतका अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दछ, र नेपालभरी ३५० भन्दा बढी टच प्वाइन्टहरू रहेकोछ।

Seres समूह, विश्वव्यापी रूपमा Chongqing Sokon Industrial Group Co., Ltd को रूपमा चिनिन्छ, जुन Dongfeng र Seres समूह बीच साझेदारी भै स्थापित कम्पनी हो, Chongqing Sokon Industrial Group१९८६ मा स्थापना भएको थियो ।

यो समूह, A-शेयर बजारमा सूचीबद्ध, चीनका शीर्ष ५०० उद्यमहरू मध्ये एकको रूपमा रैंकिङमा छ।

यो समूह चीनको माइक्रो-भेहिकल निर्यात बजारमा अग्रणी स्थानमा रहेको छ, Seres समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चीनीया अटोमोटिभ ब्राण्डहरू एकको रूपमा पहिचान पनि पाएको छ।

यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन SUVs, कम्प्याक्ट MPVs, इलेक्ट्रिक लाइट कमर्शियल गाडी जस्ता उत्पादनहरूमा विशेषज्ञता प्राप्त गर्दछ, जुन उर्जा-कुशल, पर्यावरण मैत्री, र उच्च प्रदर्शन गर्ने हुन्छ।

यी उत्पादनहरू ७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा वितरण गरिन्छ ।

कम्पनी अनुसार, SOKON EC 3611 Seater इलेक्ट्रिक भ्यान चाँडै नै सार्वजनिक गर्ने योजना भैरहेको र अप्रिल महिनादेखि बिक्री वितरण सुरु गर्ने पनि योजना रहेको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *