होन्डाले नेपालमै उत्पादन सुरु गरेको छ । आजबाट सुरु भएको एसेम्बल प्लान्टमा पहिलो मोडल डिओ उत्पादन भएको हो ।
होन्डा मोटरसाइकलको मुख्य बिजनेश हेड मिनरु काटोले उक्त प्लान्टको उद्घाटन गरेका हुन् ।
होन्डाको नेपाल प्लान्ट शुभारम्भ कार्यक्रममा होन्डाका स्वदेशी तथा विदेशी प्रतिनिधिहरु उपस्थित थिए ।
ज्योति ग्रुप अन्तर्गतका कम्पनी, हिमाल मोटो प्रालि नामक कम्पनीले एसेम्बल गर्ने होन्डाका मोटरसाइकल स्याकार ट्रडिङ प्रालिले बिक्री वितरण गर्नेछ ।
रुपन्देहीको रोहिणी गाउँपालीका वडा नम्बर ४ मा रहेको उक्त प्लान्ट निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ । १० विगाह जमिनमा फैलिएको उक्त प्लान्ट सुविधा सम्पन्न रहेको हिमाल मोटोले जनाएको छ ।
कम्पनीले नयाँ प्लान्टको शुभारम्भ कार्यक्रममा होन्डा जापान, होन्डा इन्डिया लगायत लुम्बिनी प्रदेशका विभिन्न मन्त्री, ज्योति ग्रुपका अध्यक्ष पदम ज्योति, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति लगायत, थुप्रै देशी विदेशी पाहुनाहरुको उपस्थिति रहेको थियो ।