टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले कमर्सियल गाडीहरूलाई लक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ ।

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्रान्डका टिपरहरू सँग टाटा एस.के. १६१३ र टाटा एल.पी.के. २५२३ टिपर साट्न सकिनेछ ।

उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो ।

टाटा एस.के. १६१३ र एल.पी.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकहरूले आकर्षक बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *