Skip to content
बाराको जितपुरसिमरा उपमहानगरपालिका– २२ स्थित ३ नम्बर पुलमा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धादिङबाट विराटनगरको लागि गुडेको ना ६ ख ९०३० नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत ३ नम्बर पुलबाट खोलामा खस्दा १७ जना घाइते भएका हुन्।
घाइते हुनेमा १२ जना पुरुष ३ जना महिला रहेका प्रहरीले जनाएको छ। २ जना बालबालिका रहेका छन्।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइते १७ जनामध्ये एकजनालाई थप उपचारका लागि चिकित्सकले भरतपुर रेफर गरेका छन्।
अन्य घाइतेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
Post Views: 187