YANGWANG ले ल्यायो U9, मुल्य १.६८ मिलियन RMB

• BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG, ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपरकार मोडल U9, मूल्य १.६८ मिलियन RMB मा सार्वजनिक गरेको छ ।
• YANGWANG U9 को अधिकतम गति ३०९.१९ किलोमीटर प्रति घण्टा र ० देखि १०० किलोमीटर प्रति घण्टा मात्र २.३६ सेकेण्डमा।
• YANGWANG U9 दुई मुख्य प्रविधिले सुसज्जित छ, e4 प्लेटफर्म र DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली, जसले सम्पूर्ण इलेक्ट्रिक सुपरकारको क्षेत्रमा क्रान्ति ल्याउने सुनिश्चित छ।

विद्युतीय सवारीसाधन र पावर ब्याट्रीको उत्पादनमा विश्वमै अग्रणी, BYD ले आफ्नो पहिलो प्रीमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपरकार मोडल U9 को अनावरण गरेको छ।

बिक्री मूल्य १.६८ मिलियन RMB तोकिएको YANGWANG U9 को बिक्री वितरण यहि बर्षको गर्मीमा गरिने छ।

“टाइम गेट” डिजाइनको भाषालाई अनुशरण गर्दै, YANGWANG U9ले एक विशिष्ट सौन्दर्यकला प्रतिबिम्वित गर्दछ, जसले नौंलो समानुपात, र पावर को बोध गराउँछ र एक सम्पूर्ण इलेक्ट्रिक सुपरकारको व्यक्तित्व प्रतिबिम्बित गर्दछ।

U9 लाई मजबूत प्रविधिहरूको प्रयोग गरेर, ट्र्याकका, सडकका, तथा रमाइलोका लागि तयार, गरिएको छ
YANGWANG U9मा जडित दुई मुख्य प्रविधिहरु, e4 प्लेटफर्म र DiSus-X बडीलाई नियन्त्रण गर्ने बौद्धिक प्रणाली, सम्पूर्ण इलेक्ट्रिक सुपरकारको खण्डमा क्रान्तिकारी छ, ट्र्याक प्रदर्शन, सडक अनुकूलन क्षमता, र रमाइलो विशेषताहरूलाई अविचलित रूपमा इंटीग्रेट गर्दछ।

e4 प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन्, चार वटै पंग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन, र अनुभवक अनुभूति दिन्छ।

YANGWANG U9 मा १,३०० हर्सपावर र अधिकतम १६८०N·m को ट्वर्क क्षमता छ।

BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली यस मा भएको अर्को नविन प्रयोग हो।

BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणालीको पहिलो प्रयोगले YANGWANG U9 को सस्पेन्सनलाई उच्चतम ७५mm सम्मको यात्रा गर्न दिन्छ।

यसको ५००mm/सेकेण्ड को सिङ्गल- एक्सिस लिफ्टिङ स्पीड र अधिकतम १ टनभन्दा बढी भर उठाउन क्षमताले ब्रेकिङ्ग, एसिलेरेसन, मोड र रोडको अवस्था जस्ता जुनसुकै परिस्थितिमा पनि U9 मा उपलब्ध सुविधाहरुले चालक र यात्रु दुबैलाई अभुतपुर्व ड्राइभिंग अनुभव प्रदान गर्दछ।

यसको अतिरिक्त, YANGWANG U9 मात्र एक क्लिकमा संगीतमा नृत्य गर्न सक्दछ।

हाल सालै गरिएको अनुसन्धानमा, YANGWANG U9 को शीर्ष गति ३०९.१९ किलोमीटर प्रति घण्टा र ० देखि १०० किलोमीटर प्रति घण्टा २.३६ सेकेण्डमा, ०-४००m एसिलेरेसन मात्र ९.७८ सेकेण्डमा भन्ने प्रमाणित भएको थियो।

त्यो संगै ट्रयाकमा गरिएको परिक्षणमा U9को अति-सुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्च तापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा १००% वृद्धि देखाएको छ।

ब्लेड ब्याटरी डिस्चार्जिङ्ग र शीतलत प्रदान गर्ने प्रविधिहरूले र दुइवटा प्लग-इन अति-द्रुत चार्जिङ प्रविधिले अधिकतम ५०० किलोवाट को चार्जिङ शक्ति प्रदान गर्दछ।

साथै, YANGWANG U9 मा उपलब्ध १२ सेटको सक्रिय र निस्क्रिय एरोडाइनामिक प्याकेजहरूले ड्र्याग कोईफिसियन्ट कम गर्ने र तापका कारण हुने क्षय घटाउने काम गर्दछ।

YANGWANG U9 शुपर कार्बन-फाइबर केबिनलाई गर्मीमा प्रतिरोधी हुनको लागि विभिन्न सामग्रीहरू बाट बनाइएको छ जुन आगामी पिंढीको CTB प्रविधि हो।

र यसले ५४४२५N·m/deg को मोडको दबाव र छतको एकल पक्षीय संकुचन भार ११ टन माथि पुर्याउँछ, जसले सम्पूर्ण यात्राको सुरक्षा सुनिश्चित गर्दछ।

YANGWANG U9, DiLink150 इन्टेलिजेन्ट प्लेटफर्म बाट सुसज्जित छ जुन अनुकूलित ४nm ५G चिपहरूद्वारा संचालित हुन्छ।

विशेष गरी ट्र्याक ड्राइभिंगको लागि डिजाइन गरिएको यो एक इन्टेलिजेन्ट रेसिंग सहायक हो।

जसले चीन भित्रका लगभग ३० रेस ट्र्याकहरूको विस्तृत जानकारी सहित व्यापक ट्र्याक ड्राइभिंग सेवाहरू प्रदान गर्दछ।

भित्र, YANGWANG U9 को क्याबिनमा दुई १४ तरिकाले समायोजन गर्न मिल्ने सिटहरू छन्, जसले ड्राइभर र उत्कृष्ट अनुभव प्रदान गर्दछ।

यसमा रहेको, Dynaudio Evidence श्रेणीको उच्च स्तरको ऑडियो प्रणालीले अभुतपुर्व श्रव्य अनुभूति प्रदान गर्दछ ।

BYD को नवाचार र सततता साथै, YANGWANG सुपरकारलाई नयाँ रूपमा परिभाषित गरेको छ।

यसमा नवाचारी तकनीक र श्रेष्ठ प्रदर्शन पाइन्छ, जुन प्रयोगकर्ताहरूलाई बिना समर्थन सुरक्षा र अतुलनीय अनुभव प्रदान गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *