बोलेरो दुर्घटनामा सासू–बुहारीको मृत्यु

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा त्यहाँ सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु  भएको छ।

अन्य चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ कोल्दोङका दिलकुमारी प्रधान र लालमाया प्रधान छन्।

उनीहरू सासू–बुहारी हुन् , गाउँबाट बाह्रबिसे बजार आउँदै गरेको बा. १२ च ४९९१ नम्बरको बोलेरो सडकबाट खोलामा खसेको हो ।

दुर्घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रराज जोशी र स्थानीय युवा विकेश लामाले घाइतेको उद्धार गरेर बाह्रबिसे  अस्पताल पुर्‍याएका छन्।

घटनास्थलमा प्रहरी र स्थानीय जम्मा भएर मृतकलाई खोलाबाट झिकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *