कोल्टर बाइकका डर्ट र मोटार्ड दुई भेरिएन्ट

नेपालमा इन्ड्युरो मोटर्सले सन् २०१७ मा चिनमा निर्मित नयाँ अमेरिकन इलेक्ट्रिक ब्रान्ड ‘कोल्टर’ को दुई मोडलका

बाइक भित्रिएको छ ।

कोल्टरका दुई मोडल ईएस १ एक्स प्रो र ईएस १ एस प्रो, डर्ट र मोटार्ड गरी दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछन् ।

दुवै मोडलमा ११ किलोवाट क्षमताको मोटर रहेको छ । यसले करिव १५ एचपी क्षमता बराबरको शक्ति दिन्छ ।

यसमा ४.६ किलोवाट आवर क्षमताको ७२ भोल्ट ३२ एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ ।

करिव ३ घण्टा चार्ज गर्दा यसले १५० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

यद्यपि व्यावहारिक रुपमा १०० देखि १२० किलोमिटर सम्मको रेन्ज यसले दिने कम्पनीको दावी छ ।

यसमा सिंगल र डबल ब्याट्री अप्सन पाउन सकिन्छ ।

बाइकमा किलेस अपरेसन उपलब्ध छ । यसबाट बाइक लक, अनलक गर्न र स्टार्ट गर्न सकिन्छ ।

लक भएको अवस्थामा कसैले चलाउदा हर्न बज्छ ।

इको, डाइनामिक र स्पोर्ट गरी तीन मोडमा यो बाइक चलाउन सकिन्छ ।

टप स्पिड ११५ किलोमिटर प्रतिघण्टा भएको यो बाइकको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

यी बाइक एक्स प्रो कालो र एस प्रो सेतो कलरमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *