भीजी ल्युवले लुब्रिकेन्टको रिटेल व्यापारबाट हात झिक्यो

काठमाडौं- भीजी ल्युव प्रालिले लुब्रिकेन्टको रिटेल व्यापारबाट हात झिकेको छ।

फेयर व्यापार कम हुने, क्रेडिट लाइन धेरै हुनेलगायत कारण देखाउँदै कम्पनीले रिटेल व्यापारबाट हात झिकेको हो।

भीजी ल्युवले अमेरिकी ब्रान्ड भिडोलको लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्दै आएको थियो।

विशाल समूहअन्तर्गतको भीजी ल्युवले २०१६ देखि अमेरिकी ब्रान्ड भिडोलको लुब्रिकेन्ट बिक्री गर्दै आएको थियो।

भिडोलको भारतीय प्लान्टमा उत्पादित लुब्रिकेन्ट विगत ७ वर्षदेखि भिडोलको लुब्रिकेन्ट भीजी ल्युवले उपलब्ध गराउँदै आएको थियो।

भीजी ल्युवअन्तर्गत देशभर १८ वटा डिलरहरू थिए। कम्पनीले भिडालको रिटेल व्यापार छाडेको जानकारी हालै आफूहरूलाई गराएको भिडोलका एक डिलरले बताए।

‘भीजी ल्युवले अब आफूहरूले भिडोल लुब्रिकेन्टको रिटेल व्यापार नगर्ने बताएको र बाँकी हिसाबकिताब सक्न भनेको छ,’ ती डिलरले भने, ‘केही सयमअघिमात्र कम्पनीले यसबारेमा आफूहरूलाई जानकारी गराएको थियो।’

नेपाली बजारमा दर्जनौँ ब्रान्डका लुब्रिकेन्ट आयात हुँदै आएको छ भने दर्जनौँकै संख्यामा नेपाली बजारमा लुब्रिकेन्ट उत्पादन हुँदै आएको छ।

लुब्रिकेन्ट उत्पादकहरूले विदेशबाट वेस आयल आयात गरेर लुब्रिकेन्ट उत्पादन गर्दै आएका छन्।

रिटेल व्यापारबाट हात झिकेको भएपनि बीटूबी बिजनेसलाई भने निरन्तरता दिने संकेत भीजी ल्युवले गरेको छ।

तर यसबारेमा कम्पनीले औपचारिक रुपमा जानकारी गराएको छैन।

भिडोल १९१४ मा अमेरिकामा स्थापना भएको लुब्रिकेन्ट उत्पादक कम्पनी हो। भिडोलका लुब्रिकेन्ट सवारीसाधनदेखि हेभी इक्युपमेन्टलगायतमा प्रयोग हुँदै आएका छ।

क्वालिटी र ब्रान्ड लिगेसीका कारण भिडोलका लुब्रिकेन्टलाई राम्रो मानिँदै आएको छ।

क्वालिटी ब्रान्डले स्थानीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठीन हुँदै आएको र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेसँगै भीजी ल्युव रिटेल व्यापारबाट बाहिरिएको अर्को एक डिलरका सञ्चालकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *