दिगो ग्रुपले गर्यो ग्रीन अटोमोबाइल्ससँग सहकार्य

दिगो ग्रुपले आधिकारिक सामाजिक सञ्जाल मार्फत देशव्यापी बिक्री र वितरणका लागि ग्रीन अटोमोबाइल्ससँग सम्झौता गरेका घोषणा गरेको छ ।

ग्रीन अटोमोबाइल्ससँगको सहकार्यले आधुनिक यातायात आवश्यकताहरूका लागि पर्यावरण–मैत्री र नवीन समाधानहरू उपलब्ध गराउने दिगोको प्रतिबद्धताको महत्वप्ूर्ण पक्ष रहेको छ ।

दिगो अन्तर्गत ११ सिटर इलेक्ट्रिक मिनिभ्यान बिक्री र वितरण गर्दै आएको छ ।

सार्वजनिक यातायातका लागि प्रयोग हुने पहिलो ११ सिटर इलेक्ट्रिक मिनिभ्यान हो ।

यसमा बिद्युतीय इन्जिन भएकोले उत्कृष्ट आर्थिक फाइदा दिने र विगत केही वर्षदेखि यात्रा, विद्यालय र व्यावसायिक उद्देश्यका लागि प्रयोग भइरहेको छ ।

यसलाई विद्यालयका साथै व्यवसायिक यात्रा मार्गहरूद्वारा राम्रोसँग अपनाएको छन् ।

दिगोपन र शून्य कार्बन उत्सर्जन, लामो दायरा र कम सञ्चालन लागतमा योगदानको कारण सकारात्मक रूपमा लिइएको छ ।

ग्रीन अटोमोबाइल्सको प्रतिनिधित्व गर्दै अर्जुन कार्कीले दिगोको राष्ट्रिय साझेदारको रूपमा छनोट हुन पाउँदा खुसी लागेको बताए ।

दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले पनि साझेदारीप्रति उत्साह व्यक्त गर्दै अटोमोबाइल्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *