GAC AION-Y ५०० किलोमिटर रेन्जको गाडी सार्बजनिक

सिजी मोटर्सले नयाँ इलेक्ट्रिक कार जीएसी एवोन–वाई लन्च गरेको छ ।

चीनको प्रख्यात अटोमोबाइल उत्पादक ग्वान्झाओ अटोमोबाइल कर्पोरेसन(जीएसी) को साहयक ब्राण्ड एवोनको उक्त नयाँ कार राइट ह्याण्ड ड्राइभमा पहिलोपटक नेपाली बजारमा लन्च भएको सिजी मोटर्सका प्रबन्धक निर्देशक निर्बाना चौधरीले बताए ।

थापाथलिस्थित सोरुममा गाडी सार्बजनिक गर्दै उनले भने, ‘नेपालमा पछिल्लो समय ईभी पारखीहरु बढ्दै गएका छन् ।

बजारमा नयाँ-नयाँ ब्राण्ड भित्रिने क्रममा ग्राहकहरु पनि यस्ता ईभीको गुणस्तर र प्रविधीमा सचेत बन्दैै गएका छन् ।

यस्तोमा हामीले एवोन–वाई जस्तो अत्याधुनिक प्रविधीयुक्त कार लिएर आएका छौ र यसले एउटा आधुनिक र सुविधासम्पन्न ईभी प्रयोग गर्न चाहने ग्राहकको आवश्यकता पुरा गर्नेमा ढुक्क छौ ।’

यो नयाँ कारमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ ।

साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ ।

वाहिरी लुक्स निकै नै आकर्षक र आधुनिक देखिने एवोन–वाईको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।

कम्पनीले सो नयाँ कारको मूल्य ५४ लाख ९९ हजार निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *