१४७ वटा रेल रद्द

मुम्बई । खराब मौसम वा विरोध प्रदर्शनका कारण कहिलेकाहीँ रेल सेवा प्रभावित भएको खबर हामीहरूले सुनिरहेका हुन्छौँ । यो त सामान्य कारण भइहाल्यो ।

तर भारतको मुम्बईमा भने यस्तो घटना भयो कि स्थानीय ८८ रेलसमेत कूल १४७ वटा रेलको सेवा रद्द गर्नु पर्‍यो । यसको कारण मौसमको खराबी वा विरोध प्रदर्शन थिएन ।

शनिबार भायखला र सैंडहस्र्ट रोड स्टेशनबीच सेन्ट्रल र हार्बर लाइनमा उपनगरीय रेल सेवामा ढिलाइ हुन थाल्यो ।

सेवा प्रभावित भएपछि यात्रीहरूले रेलवेको सेवा किन प्रभावित भयो भनेर जान्न खोज्दा अचम्मको कारण बाहिर आयो ।

रेलका मोटरम्यानहरू आफ्ना सहकर्मीको अन्तिम संस्कारमा सामेल हुन घाट गएपछि सेवा प्रभावित भएको थियो ।

कतिले यसलाई सुनियोजित विरोध प्रदर्शन हो कि भनेर पनि प्रश्न उठाइरहेका छन् । विगतमा पनि मोटरम्यानहरुले कामको अत्यधिक दबाबको सामान गरेको भन्दै मुद्दा उठाइरहेका थिए ।

विशेष गरी साँझको समयमा सेवामा ढिलाइ हुँदा यात्रीहरू सीएसएमटी र अन्य स्टेसनमा फसे । जसले गर्दा कयौँ समस्याको सामना गर्नु पर्‍यो ।

एक अधिकारीका अनुसार रेलको लिकमा काम गरिरहेको बेलामा बायकुला र सैंडहस्र्ट रोड स्टेशनबीच एक मोटरम्यानको मृत्यु भएको थियो ।

रेलका कर्मचारीहरू सोही सहकर्मीको अन्तिम संस्कारमा सहभागी हुन घाट गएका थिए ।

अन्तिम संस्कारमा ठुलो सङ्ख्यामा कर्मचारीहरू गएकोले रेल चलाउनै समस्या भएको रेलवेका अधिकारीले बताए ।

अधिकारीहरूका अनुसार ८८ ओटा स्थानी रेलसेवासहित १४७ ओटा रेल सेवा रद्द भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *