महिन्द्राले विमान निर्माणमा हाल्यो हात

नयाँ दिल्ली । भारतीय अटो निर्माता कम्पनी महिन्द्राले विमान निर्माणमा हात हालेको छ ।

कम्पनीले भारतीय सेनाका लागि परिवहन विमान बनाउन लागेको हो ।

यसका लागि महिन्द्राले ब्राजिलको विमान निर्माता कम्पनी कम्पनी एम्ब्रेएरसँग सम्झौता गरेको छ ।

मध्यम खालको परिवहन विमान खरिदसम्बन्धी परियोजना अन्तर्गत भारत सरकारको लक्ष्य अन्तर्गत यो सम्झौता भएको हो ।

एम्ब्रेएरले विमान निर्माणसम्बन्धी साझेदारीका लागि महिन्द्रा र टाटासँग छलफल गरिरहेको भन्दै मिन्टले जुनमै समाचार छापेको थियो ।

शुक्रबार महिन्द्रा र एम्ब्रेएरबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा महिन्द्राको रक्षा उपकरण बनाउने कम्पनी महिन्द्रा डिफेन्स सिष्टम र एम्ब्रेएर डिफेन्स एन्ड सेक्युरिटिजले हस्ताक्षर गरेका थिए ।

भारतीय हवाई बलले १८ देखि ३० टनको सामान बोक्न सक्ने विमान किन्न खोजिरहेको थियो ।

यो विमानको नाम सी–९० मिलेनियम एयरक्राफ्ट हुनेछ । यो विमान बनाउने कारखाना भारतमै बन्नेछ ।

यस मल्टि मिशन विमानको प्रयोग भारतीय वायु सेनाले गर्नेछन् ।

विदेशमा पनि यो विमानको निर्यात गरिनेछ । यसबाट भारतको रक्षा विमान उद्योगले पनि प्रोत्साहन पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *