सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु

काठमाडौँ । अभियन्ता ईःले सडक व्यापारीको पक्षमा तीन बुँदे मागसहित आज ट लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।

सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने) र सहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तकरण राष्ट्रिय रोग जस्तै बनेकोले बेरोजगारी, आर्थिक, सामाजिक असमानता बढेको विषयलाई लिएर सङ्घीय सरकारलाई तीन बुँदे माग सहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ईः ले जानकारी दिए ।

सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आम जनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न  सङ्घीय सरकारको ध्यानाकर्षण गराउन पदयात्रा सुरु गरेको उनको जिकिर छ ।

काठमाडौँ महानगरको सडक व्यापारी प्रतिको क्रियाकलापले देशैभरका स्थानीय तहले पनि सिको गरेर सडक व्यापारीलाई दुःख दिने गरेको पाए’, उनी भन्छन् ,’सहरबाट गरिब हटाए सहर सफा हुन्छ भन्ने कुराले सडक व्यापारीको काम गरेर खाने हक अधिकार खोसिएको छ ।’

उनको यो पैदल यात्रा आजबाट नौ दिनको दिन सिंहदरबार पुगेर तीन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ ।

उनीलाई लुम्बिनीबाट अन्य अभियन्ताहरूले पनि साथ दिने भएका छन् । यो यात्रा मार्फत मिटरब्याजविरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *