नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले नयाँ हाइब्रिड गाडी यारिस क्रस शुक्रबार सार्वजनिक गरेको छ ।
पहिले नै नेपालमा टोयोटा यारिस उपलब्ध थियो, यसको अपडेट भर्सनको रुपमा नयाँ यारिस क्रस उपलब्ध हुने भएको हो ।
यसमा पावरफुल हाइब्रिड इन्जिन र आधुनिक सेफ्टी फिचर उपलब्ध छन् ।
हाइब्रिड भएकाले यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छ ।
यसमा भएको १.५ लिटर पेट्रोल इन्जिनले १३० एचपी पावर र १८५ एनएम टर्क जेनेरेट गर्छ ।
यसले १०.७ सेकेन्डमा ० देखि १०० किमि प्रतिघण्टाको गति लिन सक्छ ।
त्यसैगरी इलेक्ट्रिक मोटर प्रयोग हुँदा ११४ एचपी पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ ।
कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ सहित प्रि–कोलिजन सिस्टम, अपडेटेड एडेप्टिभ क्रुज कन्ट्रोल, एक्सेलेरेसन – सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम जस्ता उत्कृष्ट एडीएएस फिचर उपलब्ध छन् ।
क्याविन समेत निकै आकर्षक रहेको छ र यसमा १०.१ इन्चको नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ओटीए अपडेटसहितको टोयोटा स्मार्ट कनेक्ट मल्टिमिडिया सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कम्प्याटिबिलिटी र थप सुविधाहरू छन् ।
यसमा इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक एसी, रियर एसी भेन्ट, ६ स्पिकर सहितको अडियो सिस्टम र १४ कलरको एम्बियन्ट लाइट दिइएको छ ।